हवाई उडान खुला गर्ने सरकारको निर्णय

Spread the love

काठमाडौँ । सरकारले आन्तरिक उडान खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुल उडान संख्यामा ५० प्रतिशत नबढ्ने गरी उडान खुला गर्ने निर्णय गरेको हो । आन्तरिक वायुसेवा कम्पनीले सामान्य अवस्थामा हुने उडान संख्याको दाँजोमा आधा उडाउन पाउनेछन् ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बुधबार मन्त्रालय र सरोकारवालाहरुसँग बैठक गरी आन्तरिक उडान कहिलेदेखि गर्ने भन्ने मिति तय गरिने जानकारी गराएका छन् ।

यसैबीच, सरकारले दुबई, दमाम, कुवेत, मस्कट, मलेसिया, कोरिया, जापान, चीनको छेन्दु, ग्वाङ्जाओको उडान खुला गरेको छ । हाल सातामा एक/एक उडान भइरहेको कतारको दोहा, टर्कीको स्तानबुलको उडान भने दोब्बर पारिएको छ । जसअनुसार काठमाडौं–दाहा सातामा ४ उडान हुनेछन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अदालतको फैसलाबाट क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुलोस् : बाबुराम भट्टराई

२०७८ असार ८, मंगलवार १९:३८
Spread the loveकाठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानको भावना विपरीत मन्त्री बनाउन र त्यसलाई अदालतले उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बनेको टिप्पणी गरेका छन् । सर्वोच्चको फैसलापछि सामाजिक संजालमार्फत भट्टराईले क्षणिक निजी स्वार्थनिम्ति लम्पट बन्नेहरूको आँखा खुल्नुपर्ने समेत बताए । उनले लेखेका छन्, ‘संविधानका निर्मातामध्ये नै संविधानको शब्द/भावना विपरित […]

समाचार छुट्याे की?