इंग्ल्यान्ड नकआउट चरणमा

Spread the love

रहिम स्टर्लिङको गोलको मद्दतमा चेक रिपब्लिकलाई पराजित गर्दै इंग्ल्याण्ड समूह ‘डी’ को विजेता बन्दै युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । गएराति घरेलु मैदान वेम्वलीमा भएको खेलमा इंग्ल्याण्डका लागि स्टर्लिङले खेलको १२औं मिनेटमा गोल गरेका थिए । त्यही गोल ३ अंक दिलाउन निर्णायक बन्यो ।

यसअघि पहिलो खेलमा क्रोएसियालाई हराउँदा पनि उनै स्टर्लिङले गोल गरेका थिए । इंग्ल्याण्डल स्कटल्याण्डसँग भने गोलरहित बराबरी खेलेको थियो । जितपछि ३ खेलबाट ७ अंक जोड्दै इंग्ल्याण्ड समूह विजेता बन्यो ।

अब इंग्ल्याण्डले समूह ‘एफ’को उपविजेतासँग अन्तिम १६ मा खेल्नेछ । उता हारपछि पनि चेक रिपब्लिक तेस्रो स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ । अर्को खेलमा क्रोएसियाले स्कटल्याण्डलाई पराजित गरेपछि क्रोएसिया समूह उपविजेता बन्यो ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्रोएसिया अन्तिम १६ मा, स्कटल्याण्ड समूह चरणबाटै बाहिरियो

२०७८ असार ९, बुधबार ०८:२७
Spread the loveयुरोकप २०२० अनतर्गत समूह ‘डी’ को अन्तिम खेलमा स्कटल्याण्डलाई ३–१ ले पराजित गर्दै क्रोएसिया अन्तिम १६ मा प्रवेश गरेको छ । जितपछि ३ खेलबाट ४ अंक जोडेको क्रोएसिया चेक रिपब्कलाई पछि पार्दै समूह उपविजेताको रुपमा नकआउट चरणमा पुगेको हो । स्कटल्याण्डलाई उसैको मैदान हाम्डेन पार्कमा पराजित गर्दा क्रोएसियाका […]