क्रोएसिया अन्तिम १६ मा, स्कटल्याण्ड समूह चरणबाटै बाहिरियो

Spread the love

युरोकप २०२० अनतर्गत समूह ‘डी’ को अन्तिम खेलमा स्कटल्याण्डलाई ३–१ ले पराजित गर्दै क्रोएसिया अन्तिम १६ मा प्रवेश गरेको छ । जितपछि ३ खेलबाट ४ अंक जोडेको क्रोएसिया चेक रिपब्कलाई पछि पार्दै समूह उपविजेताको रुपमा नकआउट चरणमा पुगेको हो ।

स्कटल्याण्डलाई उसैको मैदान हाम्डेन पार्कमा पराजित गर्दा क्रोएसियाका लागि निकोला भ्लासिक, कप्तान लुका मोडरिच र इभान पेरिसिकले गोल गरे । स्कटल्याण्डका कलुम म्याग्रेगोरले एक गोल फर्काए । खेलको १७औं मिनेटमा भ्लासिकले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएपनि ४२औं मिनटमा म्याकग्रेथोरले स्कटिस टोलीका लागि बराबरी गोल गरेका थिए ।

तर मोडरिचले ६२ औं र पेरिसिचले ७७औं मिनेटमा गोल गरेपछि क्रोएसिया विजयी भएको हो । जितपछि क्रोएसियाले ३ खेलबाट ४ अंक जोड्यो । क्रोएसिया र चेक रिपब्लिकको समान अंक र गोल अन्तर रहेपनि धेरै गोल गरेका आधारमा क्रोएसिया अघि रहेको हो । ३ खेलबाट १ अंक मात्र भएको स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अमेरिकाको सिनेटमा मतदान सुधारसम्बन्धी विधेयक विफल

२०७८ असार ९, बुधबार ०८:३७
Spread the loveअमेरिकी रिपब्लिकनहरूले राष्ट्रपति जो बाइडनको प्राथमिकतामा परेको चुनावसम्बन्धी नयाँ नियमको लागु गर्ने प्रयासलाई विफल बनाइदिएका छन् । हुलाकबाट गरिने मतदानलाई सहज बनाउने उक्त विधेयक दलीय आधारमा मत विभाजन हुँदा पक्ष र विपक्षमा समान ५०–५० मत खसेपछि अवरुद्ध भएको हो । बाइडनले त्यो उनको ‘राष्ट्रपतीय कार्यकालको लडाइ’ भएको बताएका […]