प्रतिगमनविरुद्ध जनपरिचालनका कार्यक्रम गर्ने पाँच दलीय गठबन्धनको निर्णय

Spread the love

काठमाडौँ । पाँच दलीय विपक्षी गठबन्धनले जनपरिचालनका कार्यक्रम अघि बढाउने भएको छ । बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको गठबन्धनको बैठकले संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षमा जनपरिचालका कार्यक्रम ल्याउने निर्णय गरेको हो ।

बैठकले बिहीबारदेखि प्रतिगमनविरुद्ध जनपरिचालनका कार्यक्रम गर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘ बैठकले प्रतिगमनविरुद्ध भोलिबाट जनपरिचालनका कार्यक्रम गर्ने निष्कर्ष निकालेका छौं । भोलि विद्यार्थी संगठनहरूले प्रतिगमनविरुद्ध कार्यक्रम गर्छन् ।’ नेता श्रेष्ठले कोभिड–१९ को दोस्रो लहरको संक्रमण कम हुँदै गएको र स्वास्थ्य मापदण्डको पालना गर्दै प्रतिगमनविरोधी जनपरिचालनका कार्यक्रम गरिने बताए ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इथियोपियाको टिग्रेमा हवाई हमला, कम्तीमा ६० सर्वसाधारणको मृत्यु

२०७८ असार ९, बुधबार २२:०७
Spread the loveउत्तरपूर्वी इथियोपियाको टिग्रे क्षेत्रमा रहेको एउटा बजारमा सरकारी हवाई फौजले गरेको आक्रमणमा दर्जनौँ मानिसहरूले मृत्यु भएको छ । प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताए अनुसार इथियोपियाको हवाई फौजले राजधानी मिकाइलीबाट २५ किलोमिटर टाढा अवस्थित टोगोगा बजारमा आक्रमण गरेको बताएका छन् । इथियोपियाको सेनाले गैर सैनिकहरूलाई निशाना नबनाएको बताउँदै आफ्नो हमलाले आतङ्कवादी’हरूलाई […]