भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारमा झर्यो

Spread the love

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गएर अहिले ५० हजारमा झरेको छ । त्यसैगरी कुल सङ्क्रमितको सङ्ख्या भने तीन करोडभन्दा बढी पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । कुल सङ्क्रमितमध्ये पछिल्ला एक करोड पछिल्लो ५० दिनमा थपिएको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या तीन करोड २८ हजार २०९ पुगेको छ । पछिल्लो २५ घण्टामा भने ५० हजार ८४८ जना सङ्क्रमित थपिएको मन्त्रालयका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।

सोही अवधिमा भारतमा कोरोनाका कारण एक हजार ३५८ जना जनाको मृत्यु भएको छ । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या भने तीन लाख ९० हजार ६६० पुगेको छ । महामारी अन्त्य नभएको र मृत्यु हुनेक्रम नरोकिएकाले कुल मृतकको सङ्ख्या केही दिनमा चार लाख पुग्ने देखिएको छ ।

भारतमा पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमित र मृतकको सङ्ख्या घट्दै गइरहेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५४ लाख २४ हजारभन्दा बढीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या छ लाख ४३ हजार १९४ रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या पनि अहिले कम हुदै गएको हो ।

त्यसैगरी पछिल्लो एक दिनमा भारतमा १९ लाख एक हजार ५६ जनाको कोरोना परीक्षण गरिएको छ । योसँगै भारतमा अहिलेसम्म कुल ३९ करोड ५९ लाख ७३ हजार १९८ पटक परीक्षण भएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अफगानिस्तानको पछिल्लो अवस्थाप्रति चिनियाँ कुटनीतिज्ञद्वारा चासो व्यक्त

२०७८ असार ९, बुधबार १३:५९
Spread the loveअफगानिस्तानमा जारी पछिल्ला हिंसात्मक घटनाप्रति चीनका वरिष्ठ कुटनीतिज्ञले मंगलबार चासो व्यक्त गरेका छन् । उनले अफगानिस्तानमा देखा परेका समस्याको समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले मद्दत गर्न आह्वान पनि गरेका छन् । अफगानिस्तानको वर्तमान परिस्थिति गम्भीर मोडमा पुगेको र अनिश्चितताको नयाँ चरणमा प्रवेश गरेको देखिएको छ । संयुक्तराज्य अमेरिका र […]