भरतपुर महानगरले ल्यायो ४ अर्ब ८१ करोडको बजेट

Spread the love

भरतपुर । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

बिहीबार नगर सभामार्फत महानगरपालिकाका उप–मेयर पार्वती शाह ठकुरीले आन्तरिक आयआर्जनसँगै अन्तर सरकारी वित्तीय हस्तान्तरण,केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँट तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन गर्ने गरी महानगरको आर्थिक वर्षको बजेट विनियोजन गरेकी हुन् ।

यस्तो व्यवस्थापन आन्तरिक आयबाट १ अर्ब २० करोड (घरजग्गा रजिष्ट्रेशन एवं खानी तथा खनिज जन्य पदार्थको बाँडफाँटबाट प्राप्त आय समेत),अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्व ७७ करोड २९ लाख ८३ हजार,केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट प्राप्त  ४४ करोड ८२ लाख ८२ हजार,जनसहभागिताबाट ३० करोड,बैंक मौज्दातबाट १ अर्ब,मर्मत सम्भार कोषबाट ३ करोड,सडक बोर्डबाट  ३ करोड र जिल्ला समन्वय समिति चितवनबाट ३ करोड रहने महानगरपालिकाले प्रक्षेपण गरेको छ ।

अन्तर सरकारी अख्तियारीबाट अनुमानित १ अर्ब २० करोड मूल सञ्चितकोषमा प्राप्त नहुने भएकोले अन्तर सरकारी अख्तियारी शीर्षकबाटै खर्च तथा लेखांकनको व्यवस्था गरिने समेत महानगरले जनाएको छ ।

महानगरले आजै नगर सभामार्फत पारित गरेको आर्थिक वर्षको नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि यस पटक बजेटको मुख्य प्राथमिकताका क्षेत्रहरुमा सहरी पूर्वाधार विकास,कृषि,शिक्षा,स्वास्थ्य,रोजगारी,पर्यटन पूर्वाधार,उद्योग तथा वाणिज्य,सूचना तथा प्रविधिसँगै युवा तथा खेलकुद क्षेत्रको विकास र निजी क्षेत्रको विकासको समेत लक्ष्य राखेको छ ।

भरतपुर महानगरपालिकाले निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि २ करोड बजेट छुट्याएको छ । यसका साथै चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका र अधुरो योजनाहरु समयमै सम्पन्न गर्नका लागि भन्दै महानगरले एकमुष्ट ९८ करोड बजेट विनियोजन गरेको जनाएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जम्मु कश्मिरलाई ‘दिलदेखि र दिल्लीदेखि’ नै नजिक बनाउछौँः मोदी

२०७८ असार १०, बिहीबार २१:३४
Spread the loveभारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मिरलाई दिलदेखि र दिल्लीदेखि नै नजिक बनाउने प्रतिवद्धता जनाएका छन् । जम्मु कश्मिरलाई दिल र दिल्लीदेखि नजिक बनाउनका लागि आवश्यक लोकतान्त्रिक प्रक्रिया पनि अपनाइने उनको भनाई छ । प्रधानमन्त्री मोदीले जम्मु कश्मिरका सवै पक्षका नेताहरुसँगको बैठकका क्रममा आपसी सम्वन्धलाई बलियो र सुमधुर बनाउन […]