सन्तोषी सुब्बाको हत्या अभियोगमा एक जना पक्राउ

Spread the love

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा मृत भेटिएकी सन्तोषी सुब्बाको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले कमलाक्षीबाट एक जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनलाई आज सार्वजनिक गर्ने बताएको छ । मंगलवार दिउँसो करिब ३ बजेतिर शव भेटिएपछि महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो ।

ट्वाइलेटभित्र अर्धनग्न अवस्थामा उनको शव फेला परेको थियो । सन्तोषी कालोपुलमा धर्म बुबा भनिने धर्मबहादुर तामाङसँग बस्दै आएकी थिइन् । सन्तोषी विभिन्न चराको आवाज निकालेर सामाजिक संजालमा चर्चित थिइन् ।

 

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युरो २०२०को लिग चरण समाप्त

२०७८ असार १०, बिहीबार ११:४५
Spread the loveयुरोकप २०२० मा लिग चरणका प्रतिस्पर्धा सकिएका छन् । यससँगै अन्तिम १६ मा खेल्ने टिमको समीकरण पूरा भएको छ । लिग चरणका प्रत्येक समूहका विजेता र उपविजेताले स्वतः नकआउट चरणमा प्रवेश पाए । यस्तै तेस्रो स्थानमा रहने चार उत्कृष्ट टिमले पनि दोस्रो चरण खेल्ने निश्चित भएको थियो । […]

समाचार छुट्याे की?