जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन गृहमन्त्रीको निर्देशन

Spread the love

काठमाडौं । गृहमन्त्री विष्णुप्रसाद पौडेलले जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताएका छन् ।  शुक्रबार गृहमन्त्रीको कार्यभार सम्हाल्दै गृहमन्त्री पौडेलले आफूले मन्त्रीको रुपमा गृह प्रशासन र प्रहरीलाई कुनैपनि प्रकारको हस्तक्षेप नगर्ने भन्दै जवाफदेही भएर आ–आफ्नो परिभाषित काम गर्न सबै स्वतन्त्र रहेको बताएका हुन् ।

संवैधानिक व्यवस्था र कानुनी प्रवन्धका आधारमा आफ्नो जिम्मेवारी पुरा गर्न उनले निर्देशन दिए । गृहमन्त्री पौडेलले सरुवा, बढुवा तथा थमौतीका लागि एकजना प्रहरीपनि आफूकहाँ नआउन आग्रह गरे ।

आफू मन्त्रीको हैसियतमा गर्नुपर्ने निर्णय र निर्देशनका लागि जिम्मेवार भएको भन्दै उनले प्रहरी प्रमुखका हैसियतले गर्ने काममा प्रमुख स्वतन्त्र भएर काम गर्न सक्ने बताए । उनले राजनीतिक परिस्थितिको प्रभाव गृह मन्त्रालयमा पर्न नहुने पनि बताए । अदालतमा भएका मुद्दा र वर्तमान राजनीतिक परिस्थितिको प्रभावमा नपरी आफ्नो काम गर्नपनि उने निर्देशन दिए ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जातीय विभेदको प्रश्नमा राज्य कहाँ उभिने प्रधानमन्त्रीज्यू ?

२०७८ असार ११, शुक्रबार १६:२९
Spread the loveकाठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले रूपा सुनारको मुद्दामा राज्यको व्यवहारलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रश्न उठाएका छन् । प्रवक्ता शर्माले पत्र लेखेर जातीय विभेदका विषयमा चार प्रश्न उठाएका हुन् । पत्रमा भनिएको छ, ‘समय र संसार बदलिएको छ, तर हाम्रा कैयन सोच, व्यवहार र समाज […]

समाचार छुट्याे की?