
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले रूपा सुनारको मुद्दामा राज्यको व्यवहारलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रश्न उठाएका छन् । प्रवक्ता शर्माले पत्र लेखेर जातीय विभेदका विषयमा चार प्रश्न उठाएका हुन् ।
पत्रमा भनिएको छ, ‘समय र संसार बदलिएको छ, तर हाम्रा कैयन सोच, व्यवहार र समाज अपेक्षित गतिमा बदलिएको छैन । दशक लामो हिंसाको अन्त्य गर्न हामी समर्थ भयौँ तर दलित समुदायमाथि अनेक प्रकृतिको हिंसा अन्त्य भएको छैन ।’ उनले नयाँ संविधान निर्माण गर्न आफूहरूको समर्थन रहेपनि संविधान अनुरूप न्याय र समानताको संस्कार निर्माण गर्न सफलता प्राप्त नभएको उल्लेख गरेका छन् ।