काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रतिगमनविरुद्ध पाँच दलीय गठबन्धनको औचित्य रहेको बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगनविरुद्ध पाँच दलीय गठबन्धनको तत्कालीन र दीर्घकालीन औचित्य रहेको उल्लेख गरेका हुन्।
उनले लेखेका छन्, ‘ओलीप्रतिगमन विरूद्ध ५ दलीय गठबन्धनको तत्कालीन मुख्य औचित्य संविधान,लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा तथा विकास त हो नै ! साथै दीर्घकालीन रूपमा समावेशीता/संघीयता, सुशाशन र समतामूलक समृद्धिको प्रवद्र्धन पनि हो ! यसबारे हाम्रो पुस्ता अझै आत्मालोचक बनेर पुस्तान्तरणनिम्ति तयार हुनैपर्छ !’