मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश भेगमा बदली र वर्षा

Spread the love

काठमडौं । देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले हाल देशका अधिकांश भूभागमा बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश नं १ र वाग्मती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि यही मौसमी प्रणाली कायम रहने जनाइएको छ ।

भोली शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, २ र वाग्मती प्रदेशका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको अधिकतम २९ र न्यूनतम तापक्रम २० दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिगमनविरुद्ध पाँच दलीय गठबन्धनको औचित्य छः बाबुराम भट्टराई

२०७८ असार ११, शुक्रबार ०९:५१
Spread the loveकाठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रतिगमनविरुद्ध पाँच दलीय गठबन्धनको औचित्य रहेको बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगनविरुद्ध पाँच दलीय गठबन्धनको तत्कालीन र दीर्घकालीन औचित्य रहेको उल्लेख गरेका हुन्। उनले लेखेका छन्, ‘ओलीप्रतिगमन विरूद्ध ५ दलीय गठबन्धनको तत्कालीन मुख्य औचित्य संविधान,लोकतन्त्र र राष्ट्रिय […]