माओवादी छाडेर एमालेमा गएका १४ जनप्रतिनिधिको पद रिक्त

Spread the love

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका दुई मेयर, पाँच जना उपमेयरसहित १४ जनप्रतिनिधिको पद निर्वाचन आयोगले रिक्त गरेको छ । माओवादी केन्द्रले पार्टीबाट २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिले दल त्याग गरेकोले कारवाही गरेको जानकारी निर्वाचन आयोगलाई दिएको थियो ।

आयोगले माओवादीको जानकारीअनुसार शुक्रबार सूचना निकालेर १४ जनप्रतिनिधिको पद रिक्त भएको बताएको छ । जसअनुसार दुई मेयरको पद पनि गएको छ। रौतहट मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र रौतहटकै कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाहाको पद रिक्त भएको छ । रीनाकुमारी एमाले नेता प्रभु साहकी श्रीमती हुन्। प्रभु साह पनि माओवादी छाडेर एमालेमा गएकोले माओवादीले सांसद पद हटाइदिएको थियो ।

यस्तै रौतहटकै देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर प्रसाद, फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह र कैलाली भजनी नपाकी उपप्रमुख छायाँदेवी देवकोटाको पद रिक्त भएको छ ।

यस्तै महोत्तरी साम्सी गाउँपालिका प्रमुख शेष फारूक, रौतहट यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साहको पद पनि रिक्त भएको आयोगले जानकारी दिएको छ । उनीहरूले दल त्याग गरेको सूचना माओवादीले पठाएकोले स्वतः पद रिक्त भएको आयोगले बताएको छ। आयोगको असार ९ मा बसेको बैठकको निर्णयअनुसार उनीहरूको पद रिक्त भएको हो।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश भेगमा बदली र वर्षा

२०७८ असार ११, शुक्रबार ०९:११
Spread the loveकाठमडौं । देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले हाल देशका अधिकांश भूभागमा बदली रही […]