एक्स्काभेटरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या, चालकसहित दुई पक्राउ

Spread the love

मलंगवा । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नम्बर ३, भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको छ । जेसिबीले ठक्कर दिई वडाध्यक्ष श्रेष्ठको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक संतोष सिंह राठौरले जानकारी दिएका छन् ।

जेसिबी चालकसँग विवाद हुदाँ रिसको झोकमा चालकले जेसिबीले ठक्कर दिई हत्या गरेको प्रहरीले जनाएको छ । भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरी खनेर स्तरोन्नति गर्ने काम भइरहेको थियो ।

शुक्रबार राति अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्कबहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएका थिए। राती १० बजेपछि खाजा खाएर फर्किने क्रममा जेसिबका चालक तामाङसँग वडाध्यक्ष श्रेष्ठको विवाद भएको थियो । सोही क्रममा पोखरी खनेको स्थानमा पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबको बकेटले ठक्कर दिएर लडाएको र त्यसपछि माटोले पुरेको देखिएको प्रहरी उपरीक्षक राठौरले बताएका छन्।

घटनाबारे जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुगेर अचेत अवस्थामा रहेका वडाध्यक्ष श्रेष्ठलाई जिल्ला अस्पताल मलंगवा ल्याएका थिए । अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। वडाध्यक्ष श्रेष्ठको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा मै राखिएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार प्रेमराज दाहाल र चालक रविन भन्ने हर्कबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यातना दिने व्यक्तिलाई कानुनी दायरामा ल्याउन आयोगको आग्रह

२०७८ असार १२, शनिबार १३:३१
Spread the loveकाठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले व्यक्तिलाई यातना दिने काम अमानवीय र अपराधजन्य हो भन्दै कसैले पनि यस्तो काम नगर्न आग्रह गरेको छ । यातनापीडितहरुको सहयोगसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा शनिबार विज्ञप्ति जारी गरी आयोगले अपराधजन्य काम कहिँ कतैबाट पनि नगर्न, नगराउन, यातनाका घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन […]