कक्षा ११ र १२ को रजिष्ट्रेसन फारम बुझाउने म्याद थप

Spread the love

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको छ । बोर्डले असार २० गतेसम्म रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको हो ।

यसअघि रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद चैत मसान्तसम्म थियो । चैत मसान्तसम्म फारम बुझाउन छुट भएकाहरुलाई दोब्बर दस्तुर लिने गरी असार २० गतेसम्म म्याद थप गरिएको बोर्डले जनाएको छ ।

बोर्डले जारी गरेको सूचनामा रजिष्ट्रेसनका लागि ८ सय र परीक्षा आवेदनका लागि एक हजार २०० रुपैयाँ लाग्ने उल्लेख छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिनियाँ र रुसी राष्ट्रपतिबीच जुन २८ मा वार्ता हुने

२०७८ असार १२, शनिबार ०८:१७
Spread the loveरुसका राष्ट्रपति र भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सि जिनपिङबीच भिडियो लिंकमार्फत् वार्ता हुने भएको छ । चीनको विदेश मन्त्रालयले यस विषयमा जानकारी दिएको छ । बेइजिङमा आयोजना भएको नियमित प्रेस भेटघाटका क्रममा प्रवक्ता हुवा चुनयिङले चीनका राष्ट्रपति जिनपिङ र रुसी राष्ट्रपति पुटिनबीच भिडियो लिंकका माध्यमबाट यही जुन […]