चीनमा मार्सल आर्ट्स विद्यालयमा आगलागी हुँदा १८ जनाको मृत्यु

Spread the love

चीनको एउटा मार्सल आर्ट्स विद्यालयमा आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको र १६ जना घाइते भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । हताहत हुने अधिकांश सातदेखि १६ वर्षका बालबालिकाहरू रहेको बताइएको छ । उनीहरू खअनान प्रान्तको झङ्सीङ्ग मार्सल आर्ट्स सेन्टरका आवासीय विद्यार्थी थिए ।

शुक्रवार बिहानै आगलागी भएको र हाल नियन्त्रणमा लिइसकिएको स्थानीय निकायहरूले जनाएका छन् । घटनाको कारण के हो भन्ने कुरा भने स्पष्ट भइसकेको छैन । झङ्छेङ्ग काउन्टी सरकारले आफ्नो आधिकारिक वीच्याट च्यानलमा दिएको संक्षिप्त विज्ञप्तिमा उक्त मार्सल आर्ट्स सेन्टरका एक अधिकारीलाई पक्राउ गरिएको जनाइएको छ ।

सरकारी अधिकारीहरूले बीइङ्ग टोउटीआओ न्यूजलाई बताए अनुसार शुक्रवार बिहान ३ बजे आगलागी हुँदा आवासीय विद्यालयमा ३४ जना विद्यार्थी थिए । घाइते विद्यार्थीहरूलाई तत्काल अस्पताल पुर्याइएको थियो । रोयटर्स समाचार संस्थाले कुराकानी गरेको अभिभावकहरूले उनीहरूलाई आफ्ना बच्चाबारे कुनै जानकारी नदिइएको र बच्चालाई हेर्न पनि नदिइएको बताएका छन्।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रोकिएको जनगणना पुनः शुरु हुँदै

२०७८ असार १२, शनिबार ०७:३१
Spread the loveकाठमाडौं । कोराना सङ्क्रमण बढ्दै गएपछि रोकिएको ‘राष्ट्रिय जनगणना २०७८’का गतिविधि पुनःशुरु गर्ने सम्बन्धमा निर्णय गर्न राष्ट्रिय जनगणना निर्देशक समितिको बैठक आगामी आइतबार बस्ने भएको छ । गत वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले बढ्दो कारोना सङ्क्रमणका कारण असहज परिस्थिती निर्माण भएको भन्दै जनगणनाका सम्पूर्ण गतिविधि स्थगन गर्ने निर्णय […]