जोर्ज फ्लोइड मृत्यु प्रकरणः पूर्वप्रहरी डेरेक शोभिनलाई २२ वर्षको जेल सजाय

Spread the love

अफ्रिकी–अमेरिकी मूलका जोर्ज फ्लोइडलाई सन् २०२० को मेमा मिनिआपुलिस सहरमा हत्या गरेको आरोप लागेका अमेरिकी पूर्व प्रहरीलाई २२ वर्ष छ महिनाको जेल सजाय सुनाइएको छ ।

४८ वर्षीय फ्लोइडको मृत्यु शोभिनले नौ मिनेटभन्दा बढी समय घुँडाले घाँटी थिचेपछि भएको थियो । उनको हत्याले रङ्गभेद र प्रहरी बर्बरताविरुद्ध विश्वव्यापी प्रदर्शनहरू सिर्जना गरेको थियो । ४५ वर्षीय शोभिन गत महिना सेकेन्ड डिग्री हत्या र अन्य अभियोगमा दोषी ठहरिएका हुन् । सुनुवाइका बेला उनका वकिलले उक्त हत्यालाई ‘राम्रो मनसाय राख्दा भएको गल्ती’ बताएका थिए ।

उनले अब आजीवन हतियार राख्न समेत पाउने छैनन् । उनी र तीन अन्य पूर्व प्रहरीहरूमाथि भिन्दाभिन्दै रूपमा फ्लोइडको नागरिक अधिकारहरूको हनन गरेको अभियोग लगाइएका थिए । फ्लोइडको परिवार र समर्थकहरूले यस फैसलाको स्वागत गरेका छन् ।

फ्लोइडकी बहिनी ब्रिडगेट फ्लोइडले उक्त सजायले ‘अन्ततः प्रहरी बर्बरताका विषयलाई प्रहरीले गम्भीर रूपमा लिएको देखाएको’ बताउँदै अझै’अगाडिको बाटो लामो रहेको’ बताएकी छन् ।

राष्ट्रपति जो बाइडनले सजाय ‘उपयुक्तजस्तो देखिएको’ तर आफूलाई सबै कुरा थाहा नभएको स्वीकारेका छन् । सुनुवाइका क्रममा फ्लोइडका भाइ टेरेन्स फ्लोइडले ४० वर्षको सजाय हुनुपर्ने माग गरेका थिए ।

फ्लोइडकी सात वर्षीया छोरी जीआनाले एउटा भिडिओमार्फत आफ्ना बाबुको अभाव महसुस गरिरहेको बताएकी छन् । न्यायाधीशले उक्त मुद्दा फ्लोइडको समुदाय र देशकै लागि र सबैभन्दा बढ्ता फ्लोइडको परिवारका लागि पीडादायी रहेको बताएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चीनमा डेढ लाख वर्षअघिको मानव खप्पर फेला

२०७८ असार १२, शनिबार ११:३२
Spread the loveचिनियाँ वैज्ञानिकहरूले नयाँ प्रजातिको मानवको हुनसक्ने प्राचीन खप्पर सार्वजनिक गरेका छन् । वैज्ञानिक टोलीले यो प्रजाति आधुनिक मानवको हालसम्म थाहा भएका नीयान्डर्टाल र होमो इरेक्टसजस्ता आदिम मानवभन्दा नजिकको पुर्खा भएको दाबी गरेको छ । ड्रागन म्यान उपनाम दिइएको खप्पर पूर्वी एशियामा कम्तीमा १ लाख ४६ वर्षअघि जीवित रहेको […]