त्रिविका रोकिएका सबै परीक्षा यसैवर्ष हुने

Spread the love

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने बताए । “कोरोना भाइरसको तेस्रो लहर आए पनि हामी स्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्दछौँ”, उनले भने, “भरसक भौतिक उपस्थितिमा परीक्षा गर्नेछौँ, त्यो सम्भव नभए पनि अनलाइनबाट परीक्षा गरेर क्यालेन्डलरलाई पहिल्यकै अवस्थामा पुर्याउँछौँ ।”

त्रिविको गत वर्ष भदौमा हुनेपर्ने स्नातक तह पहिलो वर्षको परीक्षा कोभिड–१९ का कारणले हुन सकेको छैन । पनिकाले स्नातक दोस्रो वर्षको परीक्षा आगामी साउन ४ गते र पहिलो वर्षको परीक्षा साउनको १० गतेदेखि शुरु गर्न थालेको छ । त्यसपछि स्नातक तह कानूनको प्रथम वर्षको परीक्षा र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा गर्ने तयारीमा पनिका रहेको छ ।

परीक्षा नियन्त्रक जोशीका अनुसार दशैँअगाडि २०७७ सालका परीक्षा सम्पन्न र दशैंपछाडि २०७८ सालका परीक्षा शुरु गर्ने तयारी छ । दशैँपछाडि स्नातक तहका चारै वर्ष र स्नातकोत्तर तहको प्रथम वर्षको परीक्षा गरिने उहाँले बताउनुभयो । दशैँअगाडि हुने परीक्षामा दुई लाख ५० हजार विद्यार्थी र दशैँपछाडिको परीक्षामा करीब छ लाख परीक्षार्थी सहभागी हुने उनले जानकारी दिए ।

विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्र

पनिकाले विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्र तोक्ने भएको छ । कोरोना भाइरसका कारण घर गएका परीक्षार्थीलाई सहज होस् भनेर पनिकाले विद्यार्थीले रोजेको परीक्षा केन्द्रमा परीक्षा दिलाउने व्यवस्था गरिएको जोशीले बताए । योसँगै अब त्रिविको परीक्षा दिनका लागि काठमाडौँ आउने बाध्यता हटेको छ ।

“हामीले विद्यार्थीलाई परीक्षा फारामसँगै आफूलाई पायक पर्ने परीक्षा केन्द्र पनि छान्न भनेका छाँै”, उनले भने, “विद्यार्थीले जुन परीक्षा केन्द्र रोज्छन् त्यही परीक्षा केन्द्रमा गएर परीक्षा दिन पाउने छन् ।”

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पाँच दलीय गठबन्धनकाबारेमा शंका नगर्न आग्रह गरेका छन् । शनिबार पत्रकारहरुसँगको अन्तरक्रियामा वरिष्ठ नेता नेपालले लोकतन्त्रको रक्षा गर्न बनेको गठबन्धनकाबारेमा शंका नगर्न आग्रह गरेका हुन् । उनले अहिलेको यो मुद्दा फिर्ता लिनेलगायतका प्रक्रियामा धोका नहुने पनि बताए । उनले भने, ‘यो प्रक्रियामा धोका दिने कुनै गुञ्जायस छैन । मुद्दा फिर्ता लिने काम हुन्न । माधव नेपालले धोका दियो भन्ने कुरा गलत हो । माधव नेपाल धोका दिने मान्छे होइन । लोकतन्त्रलाई जोगाउनका लागि गठबन्धन बनेको हो । गठबन्धनकाबारेमा शंका आशंका नगर्नुस् ।’ उनले आफूहरुको लडाइँ केपी ओली व्यक्तिविरुद्ध नभई प्रवृत्तिविरुद्ध भएको बताए । उनले भने, ‘केपी ओली व्यक्तिविरुद्ध नभई प्रवृत्तिविरुद्धको लडाइँ हो । ओलीजीमा पैसा, शक्ति र सत्ताको मात चढेका कारण यो अवस्था आएको हो । केपी ओलीको रुपमा नयाँ चरित्र पाएको छ देशले । पार्टी र सरकारमा समस्या आएपछि मान्छेले राजीनामा दिन्छन् । ओलीजी त कुर्सी छाड्नुपरे कुर्सी भाँचिदिन्छु भन्नुहुन्छ । यो पार्टीभित्रको विद्रोही आवाज हो, लोकतन्त्रका लागि संविधान बचाउनका लागि हो ।’ उनले संविधानको धारा ७६९५० ले सांसदहरुलाई स्वतन्त्रता दिएकाले यसमा विवाद गर्नुको औचित्य नभएको बताए । उनले केपी ओली सच्चिन नसक्ने नेता भएको बताए । उनले भने, ‘बालुवा पेलेर तेल निस्किन्न अझै पनि केही साथीहरु लाग्नु भएको छ बालुवा पेलेर तेल निकाल्न । तर निस्कदैन । धेरै पटकको धोकाधडीले वाक्कदिक्क भयौं हामी । तर म चाहन्छु कि मैले भनेको कुरा गलत सिद्ध होस्।’

२०७८ असार १२, शनिबार १५:३८
Spread the loveकाठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पाँच दलीय गठबन्धनकाबारेमा शंका नगर्न आग्रह गरेका छन् । शनिबार पत्रकारहरुसँगको अन्तरक्रियामा वरिष्ठ नेता नेपालले लोकतन्त्रको रक्षा गर्न बनेको गठबन्धनकाबारेमा शंका नगर्न आग्रह गरेका हुन् । उनले अहिलेको यो मुद्दा फिर्ता लिनेलगायतका प्रक्रियामा धोका नहुने पनि बताए । उनले भने, […]