मनसुनी वायुको प्रभावले देशका अधिकांश भागमा वर्षा

Spread the love

काठमाडौं । मनसुनी वायुको प्रभावले देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले हाल देशका अधिकांश भूभागमा बदली रही प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा आज देशभर सामान्यदेखि पूर्ण बद्ली रहनाका साथै देशका धेरै स्थानमा वर्षाको सम्भावना छ ।

प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । राति पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आइतबार देशका केही स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यही असार १४ गते देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश नं १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज काठमाडौँको अधिकतम २७ दशमलव ४ र न्यूनतम तापक्रम २० दशमलव २ डिग्रि सेल्सियस छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जोर्ज फ्लोइड मृत्यु प्रकरणः पूर्वप्रहरी डेरेक शोभिनलाई २२ वर्षको जेल सजाय

२०७८ असार १२, शनिबार १०:१९
Spread the loveअफ्रिकी–अमेरिकी मूलका जोर्ज फ्लोइडलाई सन् २०२० को मेमा मिनिआपुलिस सहरमा हत्या गरेको आरोप लागेका अमेरिकी पूर्व प्रहरीलाई २२ वर्ष छ महिनाको जेल सजाय सुनाइएको छ । ४८ वर्षीय फ्लोइडको मृत्यु शोभिनले नौ मिनेटभन्दा बढी समय घुँडाले घाँटी थिचेपछि भएको थियो । उनको हत्याले रङ्गभेद र प्रहरी बर्बरताविरुद्ध विश्वव्यापी […]