एमालेले बोलायो दशौं महाधिवेशन आयोजक कमिटीको बैठक

Spread the love

काठमाडौं । नेकपा एमालेले असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको हो ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘यस विषयमा अझै उच्च तहमा छलफल गर्नुपर्ने देखिएकाले यही असार १६ गते एमालेको दसौं महाधिवेशन आयोजक कमिटीको बैठक काठमाडौंमा राख्ने निर्णय गरेका छौं।’ यस्तै महाधिवेशनका लागि सदस्यता नवीकरण गर्न मातहतका सबै कमिटीलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको उनले जानकारी दिए ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनुपर्ने माग गरिरहेका बेला ओलीले त्यसलाई बेवास्ता गर्दै आयोजक कमिटीको बैठक बोलाएका हुन् ।

यसअघि सर्वोच्च अदालतले समेत आयोजक कमिटीलाई नचिन्ने भन्दै कमिटीले गरेको कारवाहीको निर्णय वैधानिक नभएको आदेश दिएको थियो । तर ओलीले सर्वोच्चको आदेशलाई समेत बेवास्ता गर्दै बैठक बोलाएका हुन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इटालीद्वारा भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री सहयोग

२०७८ असार १३, आईतवार ११:३५
Spread the loveकाठमाडौँ । इटालीले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । दोस्रो लहरको कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्ध लड्न भेन्टिलेटरसहित स्वास्थ्य सामग्री सहयोग गरेको हो । युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटलीले २० वटा भेन्टिलेटर, ६ हजार आइसोलेसन गाउन र दश हजार प्रोटेक्टिभ कवरल्स् सहयोग गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय […]

समाचार छुट्याे की?