काठमाडौं । संविधानविद एवं वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यले केपी शर्मा ओली मात्र प्रधानमन्त्री हुनुपर्छ भन्ने तबरले राष्ट्रपति र प्रधानमन्त्री ओली लागिरहेको तर्क गरेका छन्।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आइतबार सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गर्दै आचार्यले संविधानले केपी ओली मात्र प्रधानमन्त्री हुनुपर्छ भन्ने नभनेको तर्क गरेका हुन् ।
आचार्यले एउटै कार्यकालमा संविधानको धारा ७६ को सबै उपधारा अनुसार एउटै व्यक्ति केपी ओली मात्र प्रधानमन्त्री बन्ने कल्पना नगरेको तर अहिले अभ्यास यही भइरहेको बताए । उनले सांसदहरुले स्वविवेकी अधिकार प्रयोग गरेर उपधारा ५ अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको बताए ।
संविधानविद आचार्यले संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीलाई समर्थन गर्दा सांसदहरुलाई कारबाही नहुने बताए । उनले भने, ‘निर्देशन उल्लंघन मतदान गरेमा मात्र सांसदहरुलाई कारबाही गर्ने हो। राष्ट्रपतिले कसरी शेरबहादुर देउवालाई हस्ताक्षर गर्ने सांसदलाई कारबाही हुने आधार लिएर अस्वीकार गर्न सक्नु भयो ?’