चिनियाँ रोभर जुरोङले मंगल ग्रहबाट पठाएको भिडियो सार्वजनिक

Spread the love

चीनको अन्तरिक्ष निकायले जुरोङ रोभर मङ्गल ग्रहको सतहमा हिँडिरहेको भिडियो सार्वजनिक गरेको छ । ती तस्बिरहरू उक्त रोबटले जमिनमा जडान गरेको वायरलेस क्यामेराले खिचेको हो ।

जुरोङले मे महिनामा मङ्गल ग्रहमा गरेको अवतरण उसको प्याराशुट प्रणालीको कार्यान्वयन र जमिनमा छोएको क्षण पनि सार्वजनिक गरिएको छ । छ पाङ्ग्रे उक्त रोबटले युटोपिया प्लानिसिया भन्ने क्षेत्रको अन्वेषण गरिरहेको छ । चीनको अन्तरिक्ष सम्बन्धी निकाय द चाइना नेशनल स्पेस एजेन्सी (सीएनएसए)का अनुसार जोरुङले ४२ मङ्गल सोल्स अर्थात् त्यहाँको ४२ दिनमा २३६ मिटर गुडेको छ ।

सोल भनेको मङ्गलको एक दिन हो । मङ्गलको एक दिन २४ घण्टा ३९ मिनेटको हुन्छ । रातो ग्रह पनि भनिने मङ्गललाई परिक्रमा गरिरहेको तियानवेन–१ स्याटलाइटले नयाँ तस्बिरहरू पृथ्वीमा पठाएको हो । सीएनएस प्रेस विज्ञप्तिमा भनिएको छ,‘अर्बिटर र मङ्गलमा अवतरण गरेको रोभरबीच राम्रो काम भइरहेको छ। रोभरले मङ्गलबाट मातृभूमिमा सन्देशहरू पठाइरहेको छ पार्टीको शतवार्षिकी सन्दर्भमा दूरको आशीर्वाद पठाइरहेको छ।’

जुलाई १ तारिख चिनियाँ कम्युनिस्ट पार्टी संस्थापनाको १०० वर्ष उत्सव पनि हो । १४ मे मा अवतरण गरेपछि भिडियो आउला भन्ने अपेक्षा राखिएको थियो । रोभरको प्याराशुट प्रणालीका केही तस्बिरहरू गत हप्ता सार्वजनिक गरिएको थियो । भिडियोमा भने मङ्गलको वायुमण्डलको चक्र जस्तो तह फिँजिएको देखिएको छ ।

भिडियोमा जुरोङ र उसको अवतरण गर्ने प्ल्याटफर्म खसेको र तल हेर्ने क्यामेराले मङ्गलको भुईँ छोएको पनि देखिन्छ । पहिलोचाहिँ जुरोङले वायरलेस क्यामेरा जमिनमा जडेपछि लिएको अनुमान गरिएको छ त्यसमा रोबोट पछाडि सर्दै गएको देखिन्छ । दोस्रो भिडिओमा जुरोङले अवतरण गरेको ठाउँ नजिकै उसका पाङ्ग्राहरू चलाएको देखिन्छ ।

सीएनएसएले यो दृश्यको तस्बिर पनि यस अघि सार्वजनिक गरेको थियो । र तेस्रो भिडिओमा रोभर अवतरण गरेको स्थानबाट बाहिर निस्केर मङ्गलको सतहमा गएको देखिन्छ । मङ्गलको वायुमण्डलको प्रकृतिका कारण त्यहाँको आवाज पृथ्वीको जस्तो सुनिँदैन। त्यो अलि सानो सुनिन्छ । वैज्ञानिकहरूले जुरोङबाट कम्तीमा ९० मङ्गल दिनको सेवा प्राप्त हुने आशा गरेका छन् ।

रोबट अमेरिकी अन्तरिक्ष निकाय नासाले सन् २००० मा पठाएका दुई वाहनहरू स्पिरिट र अपरच्युनिटी जस्तो देखिन्छ । त्यसको तौल २४० किलो छ। एउटा अग्लो खम्बाले तस्बिर खिच्ने क्यामेरा र यताउता हेर्ने उपकरण बोकेको छ। पाँच वटा थप उपकरणले त्यहाँका चट्टानको प्रकृति, त्यहाँको वातावरण र मौसमको अनुसन्धान गर्नेछन्।

अहिलेका अमेरिकी रोभरहरू क्युरिअसीटी र पर्सिभिअरन्स जस्तै जुरोङसँग लेजर टूल छ जसले चट्टान भित्र छिरेर त्यसको रासायनिक गुण पत्ता लगाउन कोसिस गर्छ । पर्सिभिअरन्समा जस्तै सतहमा रहेको पानी बरफ पत्ता लगाउन सक्ने राडार पनि जुरोङमा जडिएको छ । नासाले मङ्गल ग्रहमा आफ्ना रोभर अवतरण गरेपछि फेब्रुअरी १८ का दिन भिडियो सार्वजनिक गरेको थियो।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युवराज कार्कीलाई राजदूत नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश

२०७८ असार १३, आईतवार १८:०७
Spread the loveकाठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । आइतबार न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले सर्वोच्च अदालतले यसअघि नै सरकारले ल्याएको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ कार्यान्वयन नगर्न आदेश दिइसकेको भन्दै कार्कीलाई नियुक्ति नदिन आदेश दिएको […]