काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारीले नेपाली काग्रेसका सभापति शेरबहादुर देउवासँग विश्वासको मत लिन सक्ने आधार हुँदाहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बदनियत राखेर प्रधानमन्त्रीमा नियुक्त नगरेको जिकिर गरेकी छिन् ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आइतबार रिट निवेदककातर्फबाट बहस गर्दै भण्डारीले यसमा राष्ट्रपतिको कदनियत देखिएको बताएकी हुन् । उनले भनिन्, ‘१४९ जनाको हस्ताक्षर सहित जाँदा उहाँले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नुपथ्र्यो । राष्ट्रपतिले देउवालाई नियुक्त नगरेर बदनियत राख्नुभएको छ ।’
रिट निवेदन लिएर पनि १४६ जना आएको हुनाले उनीसँग विश्वासको मत लिन सक्ने आधार देखिने भण्डारीले बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्री ओलीले मसँग एमालेको १२१ जना र जनता समाजवादी पार्टीका ३२ जनाले समर्थन दिएका छन् भनेर राष्ट्रपतिकहाँ जसरी जानुभयो, त्यो उहाँको अधिकार नै छैन । ७६ (३) अनुसारको प्रधानमन्त्रीले विश्वासको मत नलिएपछि फेरि उहाँ जान पाउने अधिकार छैन ।’
उनले धारा ७६(५) दलको लागि नभइ संसद सदस्यका लागि व्यवस्था गरिएको उपधारा भएको बताइन् ।