विश्व बैंकले १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण उपलब्ध गराउने

Spread the love

काठमाडौं । नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सरकार र विश्व बैंकबीच कोभिड १९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अतिविपन्न र जोखिममा रहेकाहरुको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १५ करोड अमेरिकी डलर (१५० मिलियर डलर) बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो ।

आइतबार भएको सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा अर्थ मन्त्रालयका सचिव ढुंगानाले यो सम्झौता अन्तर्गत प्राप्त हुने रकम कोभिड–१९ बाट प्रभावित भएको अर्थतन्त्रलाई पुनर्जीवन दिन, आर्थिक गतिविधिलाई तिव्रता दिन र हरित वृद्धिलाई सहयोग गर्नेगरी कार्यक्रम सञ्चालन गरिने बताए । चालु आर्थिक वर्षमै विनियोजन गरिएको पूर्वाधार निर्माण तर्फको खर्चको लागि यो रकम यसै आर्थिक वर्षभित्र परिचालन हुने पनि उनले बताए ।

विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले यस आयोजनाले कोभिड–१९ को महामारीका बेला र महामारी पछि पनि नेपालमा दीगो वृद्धि हासिल गर्न सहयोग गर्ने बताए ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिनियाँ रोभर जुरोङले मंगल ग्रहबाट पठाएको भिडियो सार्वजनिक

२०७८ असार १३, आईतवार १७:३६
Spread the loveचीनको अन्तरिक्ष निकायले जुरोङ रोभर मङ्गल ग्रहको सतहमा हिँडिरहेको भिडियो सार्वजनिक गरेको छ । ती तस्बिरहरू उक्त रोबटले जमिनमा जडान गरेको वायरलेस क्यामेराले खिचेको हो । जुरोङले मे महिनामा मङ्गल ग्रहमा गरेको अवतरण उसको प्याराशुट प्रणालीको कार्यान्वयन र जमिनमा छोएको क्षण पनि सार्वजनिक गरिएको छ । छ पाङ्ग्रे […]