सामाजिक दूरीको नियम तोडेपछि वेलायतका स्वास्थ्यमन्त्रीद्वारा राजीनामा

Spread the love

ब्रिटेनमा सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् ।

द सन पत्रिकाले तीनजना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्बिर छापेपछि ह्यानककमाथि पद छाड्न दबाब बढेको थियो ।

प्रधानमन्त्रीलाई लेखेको पत्रमा उनले ‘जनताले यो महामारीमा गरेका धेरै त्यागको लागि र साँच्चिकै भन्नुपर्दा जब हामीले उनीहरूलाई निराश पार्छौँ तब सरकार उनीहरूको ऋणी रहने’ लेखेका छन् । प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा पत्र पाएर आफू ‘दुःखी’ भएको बताएका छन् । पूर्व अर्थमन्त्री शजिद जावेदलाई नयाँ स्वास्थ्यमन्त्री बनाइएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ ।

उक्त पत्रिकाले ती तस्बिरहरू स्वास्थ्य मन्त्रालयभित्र ६ मेमा लिइएको जनाएको छ । कयौँ पत्रिकाहरूले ह्यानककले आफ्नी श्रीमती मार्थासँगको १५ वर्षे वैवाहिक सम्बन्ध टुङ्ग्याएको समाचार छापेका छन् ।

स्वास्थ्यमन्त्रीका रूपमा तीनवर्ष काम गरेका ह्यानककले आफ्नो राजीनामा पत्रमा ‘नियम तोडेकोमा’ बारम्बार माफी मागेका छन् । त्यस्तो अवस्थाका लागि उनले आफ्नो परिवार र प्रियजनसँग समेत माफी मागेका छन्।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेले बोलायो दशौं महाधिवेशन आयोजक कमिटीको बैठक

२०७८ असार १३, आईतवार १०:५६
Spread the loveकाठमाडौं । नेकपा एमालेले असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको हो । पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘यस विषयमा अझै उच्च तहमा छलफल गर्नुपर्ने […]