अस्ट्रेलियामा कोरोना भाइरसको नयाँ प्रकोप

Spread the love

कोरोनाभाइरसको डेल्टा भेरियन्टसँग जोडिएको कोभिड प्रकोपकाबीच सिड्नीमा सङ्क्रमितहरूको सङ्ख्या १२८ पुगेको छ । अस्ट्रेलियाका अन्य भागहरूमा सङ्क्रमण पुष्टि हुने क्रम जारी छ । उत्तरी क्षेत्र, क्वीन्सल्याण्ड र पश्चिमी अस्ट्रेलियामा सानो स्तरमा प्रकोप देखा परेको छ । अस्ट्रेलियाका विभिन्न भागहरूमा महिनौँयता पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण देखिएको हो ।

सङ्घीय र राज्य सरकारहरूले सोमवार पछिल्लो अवस्थाबारे आपत्कालीन छलफल गर्ने छन् । विभिन्न राज्यहरूले सङ्क्रमण फैलिन नपाओस् भनेर नयाँ प्रतिबन्धात्मक व्यवस्था लागु गरेको र आफ्नो नाकासमेत बन्द राखेका बेला अर्थमन्त्री जस फ्राइडनबर्गले यो राष्ट्रका लागि निकै महत्वपूर्ण समय’ रहेको बताएका छन् ।

उनले बढी सङ्क्रामक डेल्टा भेरियन्टसँगै आफूहरु महामारीको अर्को चरणमा प्रवेश गरेको बताएका छन् । कोभिड सङ्क्रमणको बढ्दो घटनाहरूका कारण सिड्नीका विभिन्न सहरहरूमा लकडाउन गरिएको छ । झन्डै ५० लाख मानिसहरू बसोबास गर्ने सिड्नीको अवस्था चिन्ताको विषय बनेको छ ।

महामारीभरी कडा प्रतिबन्धात्मक व्यवस्था, क्वारन्टीन, तीव्र गतिमा परीक्षण अनि कन्ट्याक्ट ट्रेसिङ र सीमा बन्द गर्ने लगायतका नीतिका कारण अस्ट्रेलियामा कोरोनाभाइरस सङ्क्रमितको दर निकै कम छ ।

यो वर्ष त्यहाँ कोरोनाभाइरसका कारण कसैको पनि मृत्यु भएको छैन । हालसम्म अस्ट्रेलियामा कोभिडसम्बन्धी रोगका कारण ९१० जनाको मृत्यु भएको छ भने सङ्क्रमितहरूको कुल सङ्ख्या ३० हजार ४५० छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इराक र सिरियामा रहेका इरान समर्थित विद्रोहीमाथि अमेरिकी हवाई हमला

२०७८ असार १४, सोमबार १०:३५
Spread the loveअमेरिकाले इराक र सिरियामा रहेका इरान समर्थित विद्रोहीमाथि लक्षित हवाई आक्रमण सुरु गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । अमेरिकी फौजमाथि विद्रोहीको ड्रोन हमलाको प्रत्युत्तरमा सञ्चालनमा रहेका र हतियार केन्द्रहरूमा हमला गरिएको पेन्टागनको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी सैनिकको रक्षा गर्ने कुरामा राष्ट्रपति बाइडन स्पष्ट […]