निषेधाज्ञा थप खुकुलो बनाइँदै, अब सार्वजनिक सवारीलाई पनि जोरबिजोर

Spread the love

काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञाको सम्बन्धमा आज निर्णय गरिने भएको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर उपत्यकामा लागू हुनेगरी निषेधाज्ञा सम्बन्धी अर्को आदेश जारी गर्ने बताएका छन् ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण तथा पसलहरुलाई नियमित खोल्नुपर्ने लगायतका सुझावहरु दिएको भएपनि उपत्यकाको ३ वटै जिल्लाको आ–आफ्नो वस्तुस्थितिलाई हेरेर निर्णय गर्नुपर्ने भएकाले आफुहरु परामर्शमै रहेको उनले बताए ।

उपत्यकामा संक्रमण दर घटेको भएपनि धेरै नघटेकाले विवेकसम्मत् निर्णय गर्नुपर्ने अवस्था रहेको उनले बताए । निषेधाज्ञा पुरै नखोल्न र लामो दुरीका सवारी साधनलाई अझै एक÷डेढ हप्ता खोल्ननहुने सुझावहरु आएको उनले बताए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महोत्तरीमा जंगली हात्ती आतङ्क, सात घरमा क्षति

२०७८ असार १४, सोमबार ०८:४७
Spread the loveमहोत्तरी । वनक्षेत्र नजिकको महोत्तरीको गौशाला नगरक्षेत्रमा जङ्गली हात्तीको आतङ्क बढ्दो छ । पछिल्लो पटक आइतबार गौशाला–१० को मरहा खोला छेउको बडहर्वा बस्तीका सात वटा घर जङ्गली हात्तीले भत्काएको छ । यो गौशालामा एक महिनाभित्रै हात्ती आतङ्कको दोस्रो घटना हो । आइतबार एउटै जङ्गली हात्तीले बडहर्वा बस्तीका केशवबहादुर […]