माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव नगरेको प्रधानमन्त्रीको दाबी

Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी गठबन्धनका शीर्ष नेताहरूप्रति आक्रोश व्यक्त गरेका छन् । सोमबार मदन भण्डारी फाउण्डेशनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोश व्यक्त गरेका हुन् ।

ओलीले विपक्षी गठबन्धनका नेताहरुले संविधान विपरित बेइमानीको खेल खेलेको आरोप लगाए । उनले माधव नेपालाई प्रचण्डको पुच्छरको संज्ञा दिएका छन् । उनले आफूले माधव नेपाललाई प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको दाबी पनि गरेका छन् ।

उनले भने, ‘आफ्नो पार्टीको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिष्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर फेरि हिँड्ने यस्तो लाजसरम पचेको मान्छे ।’ मैले माधव नेपाललाई प्रमको प्रस्ताव गरेँ रे, के मलाई बौलाहा कुकुरले टोकेको छ र ? आफ्नो महत्व आफै बढाउन खोजेको हो । एक ढंगले भन्ने हो भने यी प्रचण्डका पुच्छर हुन्।’

ओलीले राजनीतिक दलका कार्यकर्तालाई विचारबाट चल्ने भन्दा पनि खेतालाका रुपमा प्रयोग गर्न थालेको भन्दै विपक्षी गठबन्धनको चर्को आलोचना गरे ।

उनले प्रचण्डले छेपारोले झैं रंग फेर्नु नौलो नभएको टिप्पणी गरे । प्रचण्डले हालै राष्ट्रपतिभन्दा राजा नै राम्रो भनेको र मानिसहरु छक्क परेको भन्दै उनले भने, किन छक्क मान्ने ? छोपारोले रंग एकछिनमा फेर्छ त !’

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘एनआरएन द सिङ्गर’ को उद्घाटन

२०७८ असार १४, सोमबार १४:२०
Spread the loveकृष्णप्रसाद शर्मा, लण्डन । विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न गैरआवासीय नेपाली सङ्घले आयोजना गर्न थालेको ‘एनआरएन द सिङ्गर’को भव्य रुपमा उद्घाटन गरिएको छ । आइतबार भर्चुअल माध्यमबाट आयोजित समारोहमा सङ्घका केन्द्रीय अध्यक्ष कुमार पन्त, पूर्वअध्यक्ष जीवा लामिछाने तथा वरिष्ठ सङ्गीतकार शम्भुजीत बाँस्कोटाले संयुक्त रुपमा उद्घाटन गरेका […]