व्यवसायी र मजदूर संगठनले असार १८ गतेदेखि देशभरका सम्पूर्ण सार्वजनिक सवारी संचालन गर्ने

Spread the love

काठमाडौं । यातायात व्यवसायी र मजदुर संघ–संगठनले मंगलबारदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सरकारको निर्णय एकांकी भएको भन्दै सच्याउन माग गरेका छन् ।

नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति जारी गरी एकांकी निर्णय सच्यान माग गरेका हुन् ।

उनीहरुले देशैभर सबै किसिमका सवारी साधन चलाउने व्यवस्था गर्न मागको सुनुवाई नगरे आफूहरुले असार १८ गतेबाट देशभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु चलाउने घोषणा समेत गरेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा शैक्षिक कार्यक्रम शुरु

२०७८ असार १४, सोमबार २०:५०
Spread the loveकाठमाडौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति एव. बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकमा स्वास्थ्य क्षेत्रको विकासलाई गुणस्तरीय, अनुसन्धानमूलक र दक्ष जनशक्ति उत्पादन गर्ने कार्यका लागि प्रदेश सरकारले नयाँ आयामका साथ शैक्षिक कार्यक्रम संचालन गर्न लागेको बताएका छन् । मुख्यमन्त्री पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बाग्मती […]