सरकार अदालतलाई धम्क्याएर र थर्काएर आफ्नो पक्षमा निर्णय गराउन खोज्दैछः प्रचण्ड

Spread the love

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारले गरेका सबै अवैधानिक नियुक्ति खारेज गरिने बताएका छन् ।

सोमबार नागरिक समाजसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले संसद पुनःस्थापनापछि गठन हुने नयाँ सरकारले सरकारले गरेका अवैधानिक नियुक्ति खारेज गर्ने बताएका हुन् । उनले यस्ता नियुक्ति खारेज गरेर मान्यता स्थापित गर्नुपर्ने बताए ।

उनले भने, ‘त्यसका लागि अहिलेदेखिनै उपाय खोज्न न्यायक्षेत्रका साथीहरुलाई आग्रह गर्दछु किनकी विधिलाई स्थापित गर्न जरुरी छ । संवैधानिक नियकालाई निकम्मा बनाइएको छ । त्यसमा पनि कम्युनिष्ट नामको सरकार हुँदा हेर्नुस् त के हालत छ । राज्य होइन गिरोह चलाइएको छ । हामी ती सबै कुरा सच्याउछौं । तपाईंहरुले मेरिट र पारदर्शिताको बिल्कुल ठीक कुरा गर्नुभएको छ।’

उनले संसद पुनस्र्थापना हुनसक्नेमा आफू विश्वस्त भएको तर पुनस्र्थापना भए पनि समस्या समाधान हुन्छ भनेर ढुक्क हुने स्थिति नरहेको बताए ।

उनले भने, ‘प्रधानमन्त्री र राष्ट्रपति मिलेर जे पनि गर्न सक्छन् । खतराको घण्टी सकियो लोकतन्त्र सुरक्षित छ भन्ने अवस्था छैन । तर संकेत चाहिँ सकारात्मक छन् ।’ उनले प्रधानमन्त्री ओलीले अदालतलाई थर्काउने र धम्क्याउने काम गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।

उनले भने, ‘अदालतले ठीक गर्छ अदालतको विश्वासमा कुनै टिप्पणी गर्दैनौं। लोकतान्त्रिक मान्यताको आधारमा अदालतले फैसला गर्छ भन्ने विश्वास थियो र अहिले पनि छ । तर अहिले यो सरकार अदालतलाई धम्क्याएर थर्काएर आफ्नो पक्षमा निर्णय गराउन खोज्दैछ । महान्यायाधिवक्ताले आज १४६ जना सांसदको पक्षमा बहस गर्ने कानुन व्यवसायीको गाली पुराण सुनियो भनेछन् । यो १४६ जनाको अपमान हो, न्यायालयलाई अपमान गर्न खोजियो ।’

उनले प्रधानमन्त्रीले अदालतमा प्रचण्डको सेटिङ भन्नु उनको हार भएको बताए । अध्यक्ष प्रचण्डले ७६(५) सांसदहरुलाई स्वतन्त्र हुने विशेषाधिकार जानेरै राखेको भन्दै यसको गलत व्याख्या गर्न खोजिएको भन्दै आपत्ति जनाए ।

अध्यक्ष प्रचण्डले नयाँ सरकार बन्ने वितिक्कै पहिलो काम खोपको व्यवस्था गरी जनताको रक्षा गर्ने काममा लाग्ने प्रतिवद्धता पनि जनाएका छन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिजुली उत्पादन हुने भएपछि माथिल्लो तामाकोशीको शेयरमा आकर्षण

२०७८ असार १४, सोमबार १८:४३
Spread the loveकाठमाडौं । बिजुली उत्पादनको मिति सार्वजनिक गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । आयोजनाले यही असार मसान्तमा दुई वटा यूनिटबाट १५२ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध गराउने घोषणा गरेको छ । सोही कारण पनि लगानीकर्ताको चासोमा सो कम्पनीको शेयर परेको छ । नेपाल […]