सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित

Spread the love

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । असार एकमा आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेट पारित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र एमालेको केपी ओली समूहको असहमतिका बीच ३० अर्ब ३३ करोड बराबरको बजेट सोमबार बिहान बसेको प्रदेशसभाको बैठकबाट बहुमतले पारित भएको हो ।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षको समर्थनले बजेट पारित भएको हो। यसअघि बजेटमाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिदै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले वार्षिक कार्यक्रम पुस्तिकामा दोहोरो परेका, रकम, नाम र ठेगाना फरक परेका योजनाहरु तत्काल सच्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुधबारदेखि भारी वर्षा हुने

२०७८ असार १४, सोमबार १३:२३
Spread the loveकाठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले अलि–अलि मात्र सक्रिय मनसुन आगामी बुधबार मध्याह्नदेखि देशको पूर्वी तथा मध्य भू–भागहरूमा सक्रिय […]