सोमालियामा भएका हिंसामा परी ४१ जनाको मृत्यु

Spread the love

सोमालियामा आइतबार भएको एक आत्मघाती कारबम हमला र सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको सोमाली सेनाले जानकरी दिएको छ ।

सेनाले दिएको जानकारीअनुसार अल सेबाब आतंककारी समूहले कारबम हमलामा गराएका थिए । सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा यसरी मारिनेमा अधिकांश अल सेबाबकै लडाकू रहेका छन् । त्यसैगरी अन्य केही स्थानमा भएको सेनाको कारबाहीमा पनि अल सेबाबका लडाकूहरु मारिएका थिए ।

यस क्रममा यहाँको सेनाका तीन जना अधिकारी पनि अल सेबाबको आक्रमणमा परी मारिएका छन् भने अरु केही घाइते पनि रहेका छन् । त्यसैगरी कतिपय स्थानमा अल सेबाबका लडाकूहरुले गरेका हमलाहरुमा परी अरु कैयौँ सर्वसाधारण व्यक्ति घाइते भएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव नगरेको प्रधानमन्त्रीको दाबी

२०७८ असार १४, सोमबार १३:५७
Spread the loveकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विपक्षी गठबन्धनका शीर्ष नेताहरूप्रति आक्रोश व्यक्त गरेका छन् । सोमबार मदन भण्डारी फाउण्डेशनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोश व्यक्त गरेका हुन् । ओलीले विपक्षी गठबन्धनका नेताहरुले संविधान […]