चट्याङ लागेर पर्सामा तीन जनाको मृत्यु

Spread the love

वीरगंज । पर्सामा चट्याङ लागेर मंगलबार बिहान तीन जनाको मृत्यु भएको छ । चट्याङ लागेर जिरा भवानी गाउँपालिकाका एकजना तथा सखुवाप्रसौनी गाउँपालिकाका दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सखुवाप्रसौनी गाउँपालिका– ४ देवरवाना निवासी भैंसी चराउन गएका ५५ वर्षीय रघुवीर यादवको बिहान ७ बजेतिर चट्याङ लागेर मृत्यु भएको हो ।

यसैगरी बिहान भैंसी चराउन गएका सखुवाप्रसौनी– १ गदियानीका २७ वर्षीय रोसुला गदीको पनि चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । गदीसँगै भैंसी चराउन गएका राजबली गदी चट्याङ लागेर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि वीरगंज पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले जनाएको छ ।

यता खेतमा रोपाइँ गर्न गएकी जिराभवानी– ३ जितपुर बस्ने ५० वर्षीय असुतरनीदेवी थरुनीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । थरुनीसँगै रोपाई गरिरहेका अन्य ३ जना सामान्य घाइते भएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप १७२८ जनामा कोरोना संक्रमण, ४३४८ जना संक्रमणमुक्त

२०७८ असार १५, मंगलवार १६:४५
Spread the loveकाठमाडौं । नेपालमा थप १७२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७२८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ६३६९१६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४३४८ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना […]