आगामी तीन दिन देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

Spread the love

काठमाडौं । आगामी तीन दिन नेपालको अधिकांश स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । जसकारण प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाको बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, प्रदेश २ , बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू भागमा भु क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।’

बिहीबार प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ।

शुक्रबार प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल र सिएरा लिओनबीच कूटनीतिक सम्बन्ध स्थापना

२०७८ असार १६, बुधबार १०:०१
Spread the loveकाठमाडौं । नेपाल र पश्चिम अफ्रिकी देश सिएरा लिओनबीच बुधबार कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको बाह्य सम्बन्ध १७१ राष्ट्रमा विस्तार भएको छ । दौंत्य सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त सहमतिपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका निम्ति सिएरा लिओनका स्थायी प्रतिनिधि अलि काब्बाले […]