इजरायलका विदेश मन्त्री युएइको औपचारिक भ्रमणमा

Spread the love

इजरायलका विदेश मन्त्री याइर लापिड औपचारिक भ्रमणका लागि अहिले संयुक्त अरब इमिरेट्स (युएई) आएका छन् । खाडी मुलुक युएईमा इजरायलको तर्फबाट भएको यो पहिलो उच्चस्तरको भ्रमण भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

इजरायली विदेश मन्त्री लापिड मंगलबार युएई आइपुगेका हुन् । उनको भ्रमण टोलीमा विदेश मन्त्रालयका महानिर्देशक एलोन उश्पीजसहितका सरकारी उच्च अधिकारीहरु रहेका छन् ।

दुई दिने औपचारिक भ्रमणका क्रममा उहाँले उच्चस्तरीय भेटवार्ता पनि गर्नु हुने विदेश मन्त्रालयले जानकारी दिएको छ ।
भ्रमणका क्रममा उनले युएईको राजधानी अबुधाबीमा स्थापना हुने इजरायली दूतावासको भवनको उद्घाटन समेत गरेका छन् । दूतावाससँगै दुबईको कन्सुलेट समेत सुरुवात गरिने भएको छ ।

येस अटिड पार्टीका नेता समेत रहनु भएका विदेश मन्त्री लापिड हालको इजरायली गठबन्धनको सरकार बनाउने प्रमुख व्यक्ति समेत छन् ।
इजरायल र युएईले सन् २०२० को सेप्टेम्बरमा अमेरिकी मध्यस्थतामा सम्बन्ध सामान्यीकरण सम्झौतामा हस्ताक्षर गरेका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्वी अफगानिस्तानमा भएको भिडन्तमा १० तालिबान लडाकूको मृत्यु

२०७८ असार १६, बुधबार १४:१०
Spread the loveपूर्वी अफगानिस्तानको वार्डाक प्रान्तमा मङ्गलबार सेनाले गरेको कारबाहीमा दश जना तालिबान लडाकूको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त कारबाहीमा अरु १२ जना लडाकू घाइते हुनुका साथै सेनाले तालिबान समूहका गोलाबारुद र हातहतियार नष्ट पारिदिएको छ । सेनाले वार्डाक प्रान्तको प्रान्तीय राजधानी मैदान शार र […]

समाचार छुट्याे की?