उड्ने कारको उडान परीक्षण सफल

Spread the love

हवाई कारको एउटा मोडेल स्लोभाकियाका दुई विमानस्थलबीच ३५ मिनेटको परीक्षण उडानमा सफल भएको छ । आवश्यकता अनुसार विमान वा कारको रूप धारण गर्न सक्ने एयरकारमा बीएमडब्ल्यूको इन्जिन र पेट्रोल पम्पको साधारण इन्धनमा चल्छ ।

यसका निर्माता प्राध्यापक स्टेफन क्लेनका अनुसार एयरकार एक हजार किलोमिटरसम्म ८ हजार २०० फिटको उचाइमा उड्न सक्छ । यो अहिलेसम्म परीक्षणका लागि हावामा ४० घण्टा उडिसकेको छ ।

कारबाट विमान बन्न यसलाई दुई मिनेट १५ सेकेन्ड समय लाग्छ । यसका छोटा पखेटा बन्द भएर कारको दुई तर्फ टाँसिएर रहन सक्छ । आमन्त्रित पत्रकारहरूको अगाडि प्राध्यापक क्लेनले विमानस्थलमा यसलाई अवतरण गरेपछि यसलाई धावनमार्गबाट सिधै सडकमा ल्याएर सहरभित्र लगेका थिए ।

सोमबार बिहान ८० किलोमिटर दूरीको उडानको अनुभवलाई क्लेनले सामान्य र धेरै रमाइलो भने । हावामा हुँदा यसको गति १७० किलोमिटर प्रतिघण्टा पुगेको थियो । कुल २०० किलोग्राम भार बोक्न सक्ने एयरकारमा दुई जना यात्रा गर्न सक्छन् ।

तर परीक्षण चरणमै रहेको ड्रोन–ट्याक्सी जस्तो यो सीधा उड्न र बस्न सक्दैन र यसलाई धावनमार्ग चाहिन्छ । चलचित्र र कथाहरूमा थुप्रै देखाइने हवाई कारलाई भविष्यको यातायातका रूपमा चित्रण गरिन्छ ।

सन् २०१९ मा मोर्गन स्ट्याने कम्पनीले हवाई कारको बजार सन् २०४० मा १५ खर्ब अमेरिकी डलर बराबरको हुनसक्ने अनुमान गरेको थियो । मङ्गलबार एउटा कार्यक्रमका हुन्डाई मोटर्स युरोपका प्रमुख अधिकृत माइकल कोलले हवाई कारको सोच ’हाम्रो भविष्यको एउटा अंश’ रहेको बताएका छन् ।

क्लेन भिजनले दुई वर्ष लगाएर ’२० लाख युरोभन्दा कम खर्चमा’ एयरकार निर्माण गरेको बताएको छ । क्लेन भिजनका एक सल्लाहकार र लगानीकर्ता एन्टोन राजाकले एयरकारले वायुसेवा वा गाडी बिक्रीको सानो बजार मात्रै पाए पनि धेरै सफल हुने बताए।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इजरायलका विदेश मन्त्री युएइको औपचारिक भ्रमणमा

२०७८ असार १६, बुधबार १३:१५
Spread the loveइजरायलका विदेश मन्त्री याइर लापिड औपचारिक भ्रमणका लागि अहिले संयुक्त अरब इमिरेट्स (युएई) आएका छन् । खाडी मुलुक युएईमा इजरायलको तर्फबाट भएको यो पहिलो उच्चस्तरको भ्रमण भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । इजरायली विदेश मन्त्री लापिड मंगलबार युएई आइपुगेका हुन् । उनको भ्रमण टोलीमा विदेश मन्त्रालयका महानिर्देशक […]

समाचार छुट्याे की?