काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो । बैठकले पार्टीको आन्तरिक विवाद समाधानको सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने बताइएको छ ।
बैठकमा माधव नेपाल पक्षका नेताहरु भने सहभागी नहुने भएका छन् । मंगलबार केपी शर्मा ओली पक्षको स्थायी कमिटी बैठकले पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउने र बिहीबार माओवादीसँग एकता हुनुअघिको केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।