नेपाल र सिएरा लिओनबीच कूटनीतिक सम्बन्ध स्थापना

Spread the love

काठमाडौं । नेपाल र पश्चिम अफ्रिकी देश सिएरा लिओनबीच बुधबार कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको बाह्य सम्बन्ध १७१ राष्ट्रमा विस्तार भएको छ ।

दौंत्य सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त सहमतिपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका निम्ति सिएरा लिओनका स्थायी प्रतिनिधि अलि काब्बाले न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा बुधबार भएको सक्षिप्त कार्यक्रममा हस्ताक्षर गरे ।

नेपाल र सिएरा लिओनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेशलाई अवगत गराउने संयुक्त जानकारीपत्रमा पनि दुवै देशका राजदूतले हस्ताक्षर गरेको उक्त नियोगले जनाएको छ ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संसदमाथिको पटक पटकको हमलाले संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंकाः सभामुख

२०७८ असार १६, बुधबार ११:४८
Spread the loveकाठमाडौं । सभामुख अग्नि सापकोटाले संविधानसभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनको क्रममा प्रतिनिधिसभामाथिको पटक पटकको हमलाले संसद र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको बताएका छन् । संसद दिवस २०७८ का अवसरमा बुधबार शुभकामना सन्देश जारी गरी सभामुख सापकोटाले मौलिक ढंगले संसदीय परिपाटीको सञ्चालन गर्दै संसदलाई […]

समाचार छुट्याे की?