काठमाडौं । विभिन्न मितिमा बसेका मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ। बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्री वसन्तकुमार नेम्वाङले जेठ ३१, असार ७, १० र १४ गतेको मन्त्रिपरिषद बैठकका ३३ वटा निर्णयहरु सार्वजनिक गरेका हुन् ।
बैठकले आर्थिक वर्ष २०७६/७७ र ०७७/७८ गरी लगातार दुई वर्षसम्म वार्षिक रुपमा न्यूनतम एकसय जना कामदार पठाउन नसकेका इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीहरूको इजाजतपत्र आर्थिक वर्ष २०७८/७९ को लागि नवीकरण गराउन आएमा नवीकरण गरिदिने निर्णय भएको छ।