राउटे युवतीलाई यौन दुव्र्यवहार गर्ने तीन जना जेल चलान

Spread the love

कर्णाली । राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने तीन जनालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत सुर्खेतका न्यायाधीश डिलप्रकाश सापकोटाको इजलासले गुर्भाकोट—९ का चौमन घर्ती, भूपेन्द्र बुढा र मिलन भनिने मनबहादुर पुनलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अदालतको आदेशपछि तीनै जनालाई बुधबार जिल्ला कारागार सुर्खेत चलान गरिएको छ । फिरन्ते राउटे समुदाय गुर्भाकोट नगरपालिकामा रहँदा १९ र २३ वर्षीय युवतीलाई उनीहरुले जेठ २१ गते स्थानीय बोटेचौरस्थित एक होटलमा लगेर यौनहिंसा गरेको भिडियो सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो ।

घटनाको दुई दिनपछि प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो । प्रहरीले ती युवाविरुद्ध मानव ओसारपसार, यौन दुव्र्यवहार र जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको थियो ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल प्रहरी र वाणिज्य बैंकबीच सरल कर्जा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

२०७८ असार १६, बुधबार २१:१२
Spread the loveकाठमाडौं । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक निरजबहादुर शाही र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणुमार […]