अमेरिकी पूर्व रक्षामन्त्री रम्सफेल्डको निधन

Spread the love

अमेरिकी पूर्व रक्षामन्त्री डोनाल्ड रम्सफेल्डको ८८ वर्षको उमेरमा निधन भएको छ । सन् २००३ मा इराकमा अमेरिकी आक्रमणका मुख्य योजनाकार मानिएका रम्सफेल्डलाई अमेरिकी सेनाको आधुनिकीकरणका प्रमुख व्यक्ति मानिन्छ ।

रम्सफेल्डको परिवारले सार्वजनिक गरेको विज्ञप्तिमा ८८ वर्षको उमेरमा डोनाल्ड रम्सफेल्डको निधन भएको पुष्टि गरिएको छ । रम्सफेल्डले सन् १९७० को शुरुमै राष्ट्रपति गेरार्ड फोर्डको प्रशासनका समयमा रक्षामन्त्रीको रुपमा सेवा गरेका थिए ।

उनी सन् २००० को शुरुमा राष्ट्रपति जर्ज डब्लु बुशको कार्यकालमा पनि रक्षामन्त्री बनेका थिए । रम्सफेल्ड रक्षामन्त्री रहँदा दुई वटा द्वन्द्वको सामना गर्नु परेको थियो । पहिलो, सन् २००१ मा अमेरिकी भूमिमा इस्लामिक स्टेटले गरेको आतंकवादी आक्रमणपश्चात अफगानिस्तानमा सैन्य कारबाही र सन् २००३ मा इराक युद्धमा सहभागी भएका थिए ।

बुशको समर्थन भएपनि रम्सफेल्डले इराक युद्धमा अमेरिकी भूमिकालाई लिएर अमेरिकी र नेटोका सदस्य मुलुकहरुले प्रश्न उठाएपछि सन् २००६ मा आफ्नो पदबाट राजीनामा दिएका थिए । खासगरी, इराकमा आम विनाशकारी हतियारको भण्डार रहेको भन्ने रम्सफेल्डको भनाईलाई विवाद उत्पन्न भएको थियो ।

पूर्व राष्ट्रपति जर्ज डब्लु बुशले बुधबार विज्ञप्ति प्रकाशन गरी रम्सफेल्डका कार्यहरुको प्रशंसा गर्दै रम्सफेल्ड उदाहरणीय निजामती प्रशासक र एक निकै नै असल व्यक्ति रहेको बताएका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थप १८५७ जनामा कोरोना संक्रमण, ४०१७ जना संक्रमणमुक्त

२०७८ असार १७, बिहीबार १६:३९
Spread the loveकाठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १८५७ जनालाई संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमितको संख्या ६४०६६२ पुगेको छ । त्यस्तै पछिल्लो घण्टामा थप ३३ जनाको मृत्यु भएको छ । […]