पहिरोले पुरिएर तनहुँमा दुई जनाको मृत्यु, तीन घाइते

Spread the love

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी एक गम्भीरसहित तीन जना घाइते भएका प्रहरीले जनाएको छ । पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए । सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन् । पहिरोका कारण चार घर जोखिममा रहेका उनले जानकारी दिए ।

पहिरोमा पुरिएर घाइते भएकामध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको उनले बताए । घर माथिबाट खसेको पहिरोले घर पुरेको गाउँपालिकाका उपप्रमुख करुणा गुरुङले बताइन् । घटनास्थल जाने बाटो पहिरोले अवरुद्ध भएका कारण जनप्रतिनिधिहरु हिँडेर घटनास्थल जाँदै गरेको उपप्रमुख गुरुङले जानकारी दिइन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मनकामना स्मार्ट लघुवित्तको आइपीओ खुला

२०७८ असार १७, बिहीबार ११:१४
Spread the loveकाठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) आजदेखि बिक्री खुला गरिएको छ । आजबाट बिक्री खुला भएको आइपीओ यही असार २१ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । तीन करोड ८९ लाख बराबरको आइपीओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) […]

समाचार छुट्याे की?