प्रमुख जिल्ला अधिकारीमार्फत कहिलेसम्म शासन चल्छ ?

Spread the love

काठमाडौं । नेपाली कांग्रेसकातर्फबाट राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले प्रतिनिधिसभा विघटन र राष्ट्रपतिको भूमिका प्रति प्रश्न उठाएका हुन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा सांसद अधिकारीले राष्ट्रपतिजस्तो गौरवको संस्था केवल प्रधानमन्त्रीले जे भन्यो त्यही गर्नेमा सीमित भएको बताएका हुन् । उनले कोरोना संकटले मुलुक ग्रस्त भएका बेला प्रधानमन्त्रीले दुई पटक संसद विघटन गर्नु मुलुक र जनताका लागि बिडम्बनापूर्ण भएको बताए ।

पहिलो पटक प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले एकमतले अस्वीकार गरेको अवस्थामा फेरि विघटन गरेको बताए । सरकार उल्टो दिशामा हिँडेको भन्दै अधिकारीले प्रधानमन्त्रीले जनताको संसदलाई विश्वास नगरेको बताए ।

उनले भने, ‘आफ्नो पार्टीलाई जोगाउन सक्नु भएन । आफ्ना सहयोगीलाई समेट्न नसक्नेले प्रतिपक्षीलाई कसरी समेट्नु होला मलाई विश्वास छैन । प्रधानमन्त्रीका कारण राष्ट्रपतिको गरिमा घटेको छ । राष्ट्रपतिको प्रतिरक्षा प्रधानमन्त्रीले गरेर मात्र पुग्ला र ?’

कोभिडविरुद्धको खोप ल्याउने भनेर सरकारले जति प्रचार गरेपनि खोप ल्याउन नसकेको तीतो यथार्थ रहेको भन्दै उनले यसले हाम्रो कुटनीतिक प्रयास कस्तो रहेछ भन्ने स्पष्ट भएको बताएका छन् ।

उनले नेपाली जनताले अहिले राणाकालिन बडाहाकिमको जस्तो शासन व्यहोर्नु परेको बताए । अधिकारीले प्रमुख जिल्ला अधिकारीमार्फत कहिलेसम्म शासन चल्छ भन्दै प्रश्न गरेका छन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्ष सहभागी नहुने

२०७८ असार १७, बिहीबार १७:४१
Spread the loveकाठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्ष शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने भएको छ । बिहीबार बसेको नेपाल पक्षीय स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको हो । शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए । […]

समाचार छुट्याे की?