एमाले केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्ष अनुपस्थित

Spread the love

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अनुपस्थित छ ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि एमालेको यो पहिलो बैठक हो । उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागी भएका छन् । त्यस्तै, बैठकमा पूर्व माओवादी नेताहरु पनि सहभागी भएका छन् ।

माधव नेपाल पक्षका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बैठक अगाडि बालुवाटारमा पुगेर बैठक रोक्न आग्रह गरेका थिए । तर प्रधानमन्त्रीले उनीहरुको आग्रहलाई वेवास्ता गरेका छन् ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मनकामना स्मार्ट लघुवित्तको आइपिओ खुलेको दुई दिनमै ३९ गुणा बढीको आवेदन

२०७८ असार १८, शुक्रबार १३:०९
Spread the loveकाठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको दुई दिनमा करीब १० लाखले आवेदन दिएका छन् । आज (असार १८ गते) दोस्रो दिन बिहान साढे १० बजेसम्म नौ लाख ९६ हजार ३३८ जनाको आवेदन परेको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले […]