क्यानडाको अत्यधिक गर्मी बढेको गाउँमा जताततै डढेलो

Spread the love

एउटा जङ्गली डढेलोले क्यानडाको अहिलेसम्मकै उच्च तापक्रम पुगेको गाउँको ९० प्रतिशत भागमा असर पुर्याएको स्थानीय सांसद् ब्राड भिसले बताएका छन् । डढेलोले ब्रिटिश कोलम्बियास्थित लीटन गाउँ र वरपर रहेका पूर्वाधारमा धेरै क्षति पुर्याएको उनले बताएका हुन् ।

लीटनका मेयर ज्यान पोल्डरम्यानले पनि जीवन जोगाउन सकेकोमा आफू भाग्यमानी भएको बताएका छन् । पोल्डरम्यानले आफ्नो नगरलाई डढेलोले नराम्ररी प्रभावित गरेको बताएका हुन् ।

यसअघि उनले डढेलो जम्मा १५ मिनेटमा पुरै गाउँमा फैलिएको र आफूहरूले मानिसहरूलाई अन्यत्र सार्न निर्देशन दिएको बताएका थिए । यो साता उक्त गाउँमा क्यानडामा अहिलेसम्मकै उच्च ४९.६ डिग्री सेल्सियस तापक्रम पुगेको बताए । पश्चिम क्यानडाको ब्रिटिश कोलम्बियामा पाँच दिनभित्र ४८६ जनाको मृत्यु भएको छ जुन अहिलेसम्मकै धेरै हो।

सामान्य अवस्थामा औसत मृत्यु १६५ हुने गर्थ्यो । प्रमुख कोरोनेर लिजा लपोइन्टीले डढेलो लाग्नुको कारण मौसम भएको बताएकी छन्। विगत ३ देखि ५ वर्षभित्र पश्चिम प्रान्तमा गर्मीका कारण केवल तीनजनाको मात्रै मृत्यु भएको थियो ।

त्यसरी ज्यान गुमाउने धेरैजसो हावा प्रवाहको राम्रो व्यवस्था नभएका घरमा एक्लै बस्नेहरू रहेको लपोइन्टीले बताइन् । धुवाँ र आगोको लप्का गाउँतिर आउन थालेपछि स्थानीय बासिन्दाहरू आफ्ना सामानहरू बिना नै त्यहाँबाट अन्यत्र सरेका थिए । उक्त गाउँमा करिब २५० जना मानिस बस्छन् र त्यो भ्यानकुभरभन्दा २६० किलोमिटर टाढा उत्तर–पूर्वमा पर्छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१८ दिनमा विपद्सम्बन्धी घटनामा परी ३३ जनाको मृत्यु, ३० बेपत्ता

२०७८ असार १८, शुक्रबार ०९:४६
Spread the loveकाठमाडौं । भारी वर्षासँगै गएको बाढी, पहिरो र डुबानका कारण मुलुकका विभिन्न क्षेत्रको जनजीवन प्रभावित भएको छ । रातिदेखि नै परेको वर्षाले यसपाली तराई क्षेत्र बढी प्रभावित भए पनि अन्य जिल्लामा जनधनको क्षति पुर्याएको छ । केही ठाउँमा पहिराले सडक अवरुद्ध पारेको छ । कतिपय ठाउँमा डुबान भएको […]