क्यानडा पठाईदिन्छु भनि रकम ठगी गर्ने पाँचखालका प्रजिन अधिकारी पक्राउ

Spread the love

काठमाडौं । क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काभ्रेको पाँचखाल घर भई काठमाडौं बस्ने वर्ष २१ को प्रजिन अधिकारीलाई पक्राउ गरेको हो ।

अधिकारीले सर्लाहीकी यमुना बस्नेतलाई वर्किङ भिषामा क्यानडा पठाई राम्रो कम्पनीमा काम लगाइदिन्छु भनी १७ लाख रुपैयाँ लिई  फरार भएको प्रहरीले जनाएको छ ।

अधिकारीले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा क्यानडा लगायतका मुलुकमा पठाइदिन्छु भनी करिब एक करोड पचास लाख रुपैयाँ भन्दा बढी रकम ठगी गरेको बुझिन आएकोले उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मन्त्रिपरिषद विस्तारविरुद्धको रिटमा उच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

२०७८ असार १८, शुक्रबार १७:११
Spread the loveजनकपुरधाम । प्रदेश दुई सरकारको मन्त्रिपरिषद समावेशी नभएको भन्दै दायर रिटमा उच्च अदालत जनकपुरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । रिटमाथि अन्तिम सुनुवाइ गर्दै उच्च अदालत जनकपुरका निमित्त मुख्य न्यायाधीश विनोद शर्मा र हरिप्रसाद काफ्लेको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। मुख्यमन्त्री लालबाबु राउतले नेपाली […]