सांसदहरुलाई सर्वोच्चमा बुझाएको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन एमालेको निर्देशन

Spread the love

काठमाडौँ । नेकपा एमालेले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन आफ्ना २३ सांसदलाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको हो ।

विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षर दुई दिन भित्र फिर्ता लिन बैठकले निर्देशन दिएको नेता विष्णु रिजालले जानकारी दिए ।

बैठकमा माधवकुमार नेपाल पक्ष भने सहभागी भएको छैन । बैठकमा उपाध्यक्ष वामदेव गौतम र पूर्वमाओवादीबाट एमाले प्रवेश गरेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साहलगायत भने उपस्थित छन् ।देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै खनाल नेपाल समूहका २३ सांसदसहित विपक्षी गठबन्धनका एक सय ४६ सांसदले सर्वोच्चमा रिट दर्ता गरेका छन् । उक्त रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशकी भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्माद्वारा पदबाट राजीनामा

२०७८ असार १८, शुक्रबार १४:०२
Spread the loveभैरहवा । जनता समाजवादी पार्टीका लुम्बनी प्रदेशसभा सदस्य एवं लुम्बिनी सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले पदबाट राजीनामा दिएकी छन् । जनता समाजवादी पार्टीको निर्णय विपरित महन्थ ठाकुर पक्षको उक्साहटमा राज्यमन्त्री बनेकी शर्माले पार्टीको समर्थन र सहयोग विना सरकारमा रही निरन्तरता दिन नसक्ने भएको जनाउदै राजीनामा दिएकी […]

समाचार छुट्याे की?