सेभ द चिल्ड्रेनद्वारा प्रदेश दुई सरकारलाई स्वास्थ्य सामग्री प्रदान

Spread the love

जनकपुरधाम । कोभिड महामारी नियन्त्रणको लागि सेभ द चिल्ड्रेनले प्रदेश सरकारलाई ७३ लाख ५८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री निवास मधेश भवनमा आयोजित शुक्रबार आयोजित कार्यक्रममा सेभ द चिल्ड्रेनका प्रतिनिधिहरुले मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा समाजिक विकास मन्त्री नवल किशोर साहलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

कोभिड १९को सम्भावित तेस्रो लहरमा बालबालिकाहरु प्रभावित हुने अनुमान रहेको हुँदा सेभ द चिल्ड्रेनले त्यसको पूर्व तयारीका सामग्रीहरु हस्तान्तरण गरेको हो ।

हस्तान्तरित सामग्रीहरुमा अस्पताल शैया, डेडबडी व्याग, अक्सिजन कन्सन्ट्रेटर, पिपिई, फेस सिल्ड स्यानिटाइजर लगायतका सामग्रीहरु रहेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संसद पुनःस्थापना भएपनि सरकार बन्ने अवस्था नरहेको वरिष्ठ अधिवक्ता गुरागाईँको जिकिर

२०७८ असार १८, शुक्रबार १२:२०
Spread the loveकाठमाडौं । सरकार पक्षका एकजना कानुन व्यवसायीले प्रतिनिधि सभा पुनःस्थापना भएपनि सरकार बन्न सक्ने अवस्था नरहेको जिकिर गरेका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षबाट बहस गर्दै वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले प्रतिनिधिसभा पुनःस्थापना भएपनि सरकारले विश्वासको मत पाउन सक्ने अवस्था नरहेको बताएका हुन् । उनले दलहरुभित्र द्वन्द्व […]