नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

Spread the love

चितवन । निरन्तरको वर्षातसँगै झरेको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।

विभिन्न स्थानमा खसेको पहिरो पन्छाएसँगै शनिबार बिहान नौ बजेदेखि एकतर्फी रुपमा सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार पहिरोका कारण रोकिएका सवारी साधनलाई पालैपालो गन्तव्यमा पठाउने क्रम शुरु भएको छ । चारकिलो, पाँचकिलो, जलबिरे, सेती दोभानमा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको हो ।

सो सडक क्षेत्रमा बिहीबारदेखि पटक पटक पहिरो खस्ने र पन्छाउने कार्य जारी छ । पहिरोका कारण बिहिबार चार घण्टा र शुक्रबार दुई घण्टा मात्रै सञ्चालनमा आएको सो सडकखण्ड दुईतर्फी सञ्चालनमा आउन अझै केही समय लाग्ने कार्यालयले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा पटक–पटक झरेको पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदै यात्रुहरु अलपत्र परेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अब छोटो अवधिमा सबै नागरिकलाई खोपः प्रधानमन्त्री

२०७८ असार १९, शनिबार १३:१६
Spread the loveकाठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सकेसम्म छोटो अवधिमै सबैलाई खोप लगाउने बताएका छन् । शनिबार त्रिशुली–प्रसारण लाइन र सबस्टेसनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचमा खोप ल्याउन समस्या भए पनि अहिले विभिन्न राष्ट्रसँगको पहलमा खोप आउन लागेको भन्दै कसैलाई पनि नआत्तिन आग्रह गरेका हुन् । […]

समाचार छुट्याे की?