माधव नेपाल पक्षले सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता नलिने

Spread the love

काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता नलिने निष्कर्ष निकालेको छ ।

नेपाल पक्षका २३ सांसदहरूले सर्वोच्च अदालतमा देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दायर भएको मुद्दामा हस्ताक्षर गरेका थिए । त्यसरी गरिएको हस्ताक्षर सोमबारभित्र फिर्ता लिएको घोषणा गर्न अध्यक्ष ओलीले शुक्रबार अल्टिमेटम दिएका थिए ।

यसविषयमा नेपाल पक्षका सांसदहरूले छलफल गरेका थिए । छलफलमा ओलीको अल्टिमेटम अस्वीकार गर्दै हस्ताक्षर कुनै हालतमा फिर्ता नलिने निष्कर्ष निस्किएको नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन् ।

सर्वोच्च अदालतले २०७७ फागुन २३ गते गरेको फैसलाअनुसारको बैठक बसेर गरिएको निर्णय मात्रै मान्य हुने समझदारी बनेको छ । बैठकमा माधवकुमार नेपालले शुक्रबार अध्यक्ष ओलीसँग भएको छलफलबारे जानकारी गराएका थिए । मेलमिलापको लागि भनेर अध्यक्ष ओलीले फोन गरे तर सुरुमै आफ्ना राखेको नेता नेपालले जानकारी गराएका थिए ।

 

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साउन २५ मा विधान सम्मेलन गर्ने एमालेको निर्णय

२०७८ असार १९, शनिबार १७:३१
Spread the loveकाठमाडौं । नेकपा एमालेले असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले असार मसान्तसम्ममा नवीकरण सक्न र साउन ५ गतेभित्र अन्तिम नामावली केन्द्रीय कार्यालयमा पठाउन मातहतका कमिटीलाई निर्देशन दिने निर्णय गरेको हो। यस्तै बैठकले पार्टीको विधान सम्मेलन आगामी साउन […]

समाचार छुट्याे की?