कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश

Spread the love

उपाधि दाबेदार उरुग्वेलाई हराउदै कोलम्बिया कोपा अमेरिका कप फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । ब्राजिलमा जारी ४७ औँ संस्करणको प्रतियोगीतामा कोलम्बियाले पेनाल्टी सुटआउटमा उरुग्वेको चुनौती पन्छाएको हो ।

निर्धारित र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । पेनाल्टीमा उरुग्वेका माटियास भिना र जोसे मारिया जिमिनेज चुकेका थिए । लुइस स्वारेज र इडिन्सन काभानीले मात्र गोल गरेका थिए ।

कोलम्बियाका मिगुएल बोर्जा, एरी मिना, डेभिन्सन सान्चेज र डुभान जापटाले गोल गरे । जितसँगै कोलम्बिया अन्तिम चारमा पुग्ने तेस्रो राष्ट्र बनेको छ । यसअघि साविक विजेता ब्राजिल र पेरु सेमिफाइनल पुगिसकेका छन् ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ट्युनिसियामा डुंगा दुर्घटना हुँदा कम्तीमा ४३ जनाको मृत्यु

२०७८ असार २०, आईतवार ०८:५६
Spread the loveअफ्रिकाबाट युरोपका लागि प्रस्थान गरेका आप्रवासीहरु चढेको डुंगा ट्युनिसिया नजिक दुर्घटना हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । लिबियाको जुवारा बन्दरगाहबाट छुटेको डुंगा भुमध्य सागर पार गर्ने क्रममा ट्युनिसियाको जार्जीस नजिक डुबेको हो । १ सय २७ जना आप्रावासी चढेका उक्त डुंगा डुब्दा ८४ जनाको उद्धार गरिएको […]